महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।
मेयरमा कांग्रेसका शैलेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।
उनले ५ हजार ४२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामसुहाग यादवले ४ हजार ६७५ मत पाएका छन् ।
त्यस्तै, जसपा नेपालका गोविन्दा साहले २ हजार २० मत पाएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसकै सरिता शर्मा निर्वाचित भएकी छन् ।
उनले ५ हजार २८१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी वहिदा खातुनले ४ हजार १४३ मत ल्याएकी हुन् ।
त्यस्तै, जसपाकी गीता देवीले २ हजार ४९ मत पाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।