महोत्तरीको बलबा नगरपालिकामा लोसपाका मेयर र कांग्रेसकी उपमेयर निर्वाचित

महोत्तरीको बलबा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा लोसपाका राम विजय महतो ५ हजार ७८३ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार यादवले ४ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, जसपाका धीरेन्द्र प्रसाद यादवले २ हजार ३०९ मत मात्र पाएका छन् ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रामदुलारी देवी निर्वाचित भएकी छन् । 

उनले ५ हजार १०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रेखा कुमारीले ५ हजार ८१ मत ल्याएकी हुन् ।

त्यस्तै, जसपाकी भारती कुमारी साहले २ हजार ४९० मत मात्र पाउन सकेकी छन् । 



बलबा नगरपालिकाको ११ मध्ये ४ वडामा कांग्रेस, ३ वडामा जसपा, ३ मा लोसपा र एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।
 



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १७:५३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया