स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आज साँझ ७ः३० बजे ७२ हजार ९१८ मत गणनाको घोषित परिणामअनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि छन् । आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्दा उनका प्रत्यासी कृष्णबहादुर थापाले २६ हजार ३६५ मतसहित पछ्याउँदै छन्
यसैगरी उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि छिन् । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत ल्याएकी छन् ।
पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले १३ वडामा जीत हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६ र २७ नं वडा जितेको छ । नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।