धरानमा स्वतन्त्र उम्मेदवार राईको अग्रता फराकिलो

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायम राखेका छन् । उनले १३ हजार ६ सय ३१ मत ल्याउँदा कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५ सय ६७ मत ल्याएका छन् । 

उनीहरुबीच २ हजार ६४ मतले भिन्नता छ ।

मेयरमा धरानका लागि नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारीले ९ हजार ४ सय ४३ मत मात्र ल्याएकी छिन् ।

उपमेयरमा चाहिँ माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघाको त्यहाँ अग्रता रहेको छ । उनले १३ हजार ६६७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार १२ हजार ७५४ मतसहित उनलाई पछ्याइरहेका छन् ।

धरानमा अहिलेसम्म ४३ हजार ५२२ मत गणना भइसकेको छ । 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ९:७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया