काठमाडौं– राजधानीको सामाखुसीस्थितमा माइक्रो बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सोमबार मध्याह्न जेब्रा क्रसमा बाटो काट्दै गर्दा बा१ज ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार ठक्करबाट धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । घाइते हुनेमा खोटाङकी सपना राई, कोटेश्वरका सुशील अधिकारी, सरिता अधिकारी र धुम्बाराहीकी लक्ष्मी सापकोटा छन्।
घाइतेमध्ये सापकोटाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले बताए।
माइक्रोचालक र माइक्रोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।