गठबन्धनका काकाविरुद्ध भतिजकाे उम्मेदवारी, ४४२ मतले विजयी

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका काकालाई हराएर भतिज वडाध्यक्षमा निर्वाचित भएका छन् । दाङकाे तुलसीपुर वडा न ३ मा भतिज वीरबहादुर विकले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका काका मंगल नेपालीलाई हराएका हुन् ।

विक चाहिँ नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

उनले आफूलाई पहिले नै एमालेले टिकट दिएकाे र पछि काका गठबन्धनका उम्मेदवार भएकाले काका र भतिजकाे चुनावमा फाइट परेकाे बताएका छन् ।

बिकले १९७७ मत प्राप्त गर्दा नेपालीले १५३५ मत प्राप्त गरे। 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १०:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया