महाेत्तरीकाे गाैशालामा मेयर र उपमेयर जसपाका, मेयर स्त्री राेग विशेषज्ञ

महोत्तरीको गौशालाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् ।

मेयरमा जसपाका  दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका बिष्णु योन्जनले ५६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५१३२ मत ल्याए ।

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक हुन् ।

यस्तै उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८४५५ मतका साथ विजयी भएकी छन् । उनका निकटत् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५०४७ मत ल्याइन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ११:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया