धनुषा हंसपुरमा कांग्रेसका प्रदीप मेयरमा निर्वाचित

धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लाेसपा नेपालबाट निर्वतमान मेयर रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन् । उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लाेसपा नेपालकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याइन् ।
 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ११:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया