बालेनको मत ३४ हजार नाघ्यो, स्थापित र सिं‌हको मतान्तर मात्रै ८४

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनको मत संख्या ३४ हजार नाघेको छ ।

उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५३७ मतले अगाडि छन् । 

साहले ३४ हजार ५२ मत ल्याएका छन् भने स्थापितले १८ हजार ५१५ मत पाएका छन् । 

तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १८ हजार ४३१ मत ल्याएकी छन् ।

सिर्जना बालेनभन्दा १५ हजार ६३९ मतले पछि छन् । स्थापित र सिं‌हको मतान्तर मात्रै ८४ छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १३:२२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया