धनुषामा माओवादीले खाता खोल्यो, मातृकाका भाइ कारीराम मेयरमा निर्वाचित

धनुषामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जिल्लाको सबैला नगरपालिकामा मेयर र उपमेयर माओवादी केन्द्रले जितेको हो ।

माओवादी केन्द्रबाट मेयरमा कारीराम यादव र उपमेयरमा माओवादीकै रहिमा खातुन निर्वाचित भएकी हुन् । 

मेयरमा निर्वाचित कारीरामले ४ हजार २१२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साह मधुपले ४ हजार ७६ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका राजकिशोर यादवले ३ हजार ५८१ मत ल्याएका छन् । 

उपमेयरमा पनि नेकपा माओवादी केन्द्रकी रहिमा खातुनले ४ हजार ६९९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी किरण कुमारी कापरले ३ हजार ६०४ मत पाएकी छन् । त्यस्तै, लोसपा नेपालकी नितु यादव पासवानले ३ हजार ६० मत ल्याएकी छन् । 

मेयरमा निर्वाचित कारीराम मातृका प्रसाद यादवका कान्छो भाइ हुन् ।
धनुषाको १८ पालिका मध्ये १६ वटाको अन्तिम नतिजा आउँदासम्म एउटा पालिकामा पनि माओवादी केन्द्रले जित हात पारेको थिएन ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १५:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया