जनकपुरधाम : मनोजलाई २५ सय मतको अग्रता, गठबन्धनका लालकिशोर पाँचौ स्थानमा
फाइल तस्वीर

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता सुरुदेखि नै बढिरहेको छ ।

ताजा मत परिणामअनुसार मनोजले ८ हजार ४३६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह हीराले ५ हजार ८९५ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले ३ हजार ४० मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले २ हजार ५७५ मत ल्याएका छन् ।

त्यस्तै, गठबन्धनका उम्मेदवार लालकिशोर साहलाई २ हजार ३७३ मत प्राप्त भएको छ भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ३६६ मत पाएका छन् ।

त्यस्तै, जनमतकी अनिता देवीले ८९७ र तमलोपाकी बिभा ठाकुरले ८९२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ९ हजार ४४५, नेकपा एमालेकी रूणा झाले ६ हजार ९०४, लोसपाकी रीताकुमारी मिश्रले ३ हजार ५९ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार ४९६ मत ल्याएका छन् ।
 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १५:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया