बुटवल उपमहानगरकाे मेयरमा गठबन्धनका खेलराज पाण्डेय विजयी
फाइल तस्वीर

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका खेलराज पाण्डेय विजयी भएका छन् ।  उपप्रमुखमा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् ।

अन्तिम मतपरिणामअनुसार नगरप्रमुखमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ ल्याए ।

त्यस्तै, उपप्रमुखमा एमालेकी सावित्रा अर्याल २४ हजार ९०४ मतका साथ विजयी भएकी हुन् । उनीसँग पराजित गठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे ।

१९ वटा वडा रहेको बुटवलमा पाँचवटा वडामा एमाले विजयी हुँदा १३ वटा वडामा गठबन्धन विजयी भएको छ । बुटवलमा ६२ हजार ९७५ मत खसेको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १६:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया