धनगढीको उपमेयरमा मतगणनाको अन्त्यमा एमालेकी कन्दकलाको ‘कमब्याक’

सुदूरपश्चिमको एक मात्र उप–महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार कन्द्रकला रानाले मतान्तर फराकिलो बनाएकी छन् ।

मतगणना सुरु भएको दिनबाट शनिबार बिहान पहिलोपल्ट एमालेकी उम्मेदवार कन्दकला रानाले गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पछि पारेकी हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार सार्वजनिक गरेको उप–महानगरपालिकाको मत परिणामअनुसार एमालेकी कन्दकला राना र माओवादी केन्द्रकी शान्ति अधिकारी बीच प्रतिस्पर्धा छ ।

रानाले १२ हजार ५९४ र अधिकारीले ११ हजार ५८९ मत पाएकी छिन । उनीहरू बीच एक हजार ५ मतको अन्तर छ । यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् । 
 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १८:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया