मकवानपुरमा भ्यान दुर्घटनामा चार जनाको मृत्यु, चार गम्भीर घाइते
फाइल तस्वीर

मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको हेटौंडा अस्पतालमा लैजाँदै गर्दा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित तीन जनाको हेटौंडामै र एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया