जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी विजयी

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टी नेपालले विजयी हासिल गरेको छ । 

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार आज अबेर साँझ सम्पन्न अन्तिम मतगणना परिणामअनुसार जलेश्वरको प्रमुखमा जसपा नेपालका सुरेश साह सोनारले सात हजार ३०४ मत ल्याएर विजय प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले पाँच हजार ४३० मत ल्याएका हुन् ।

त्यसैगरी, जलेश्वरको उपप्रमुखमा पनि जसपा नेपालकै रौशन खातुनले पाँच हजार ८२१ मत ल्याएर विजय प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की मुनचुन देवीले चार हजार ८९३ मत प्राप्त गरिन् । 

०७९ को स्थानीय तहको सम्पन्न निर्वाचनमा जलेश्वरका १२ वडामध्ये जसपा नेपालले प्रमुख, उपमेयरसहित पाँच वडामा विजयी प्राप्त गरेको थियो भने एमालेले ६ वडा जितेको थियो । 

त्यस्तै, एउटा वडामा नेकपा (एकीकृत समाजवादी)ले जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया