भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै राखेकी छन् ।
यहाँको पछिल्लो मत परिणामअनुसार ३१ हजार ६७६ मत ल्याएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरेका छन् । दुवैबीच ६६६६ मतको अन्तर रहेको छ ।
कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चित्रसेन अधिकारी ३४ हजार ८६ मतसहित अग्र स्थानमा छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हिमला गुरुङले १९ हजार ४९५ मतसहित पछ्याइरहेकी छन् ।
यहाँ ८१ हजार १०९ मत गणना भएको छ । अहिले वडा नम्बर १७ को मतगणना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।