धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार मनोज साह ९ हजार १९४ मतसहित अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का शिवशंकर साहले सातहजार १९३ मत ल्याएका छन् । २५ मध्ये १६ वटा वडाको मत गणना सकिँदा सो नगरमा सत्तारूढ गठबन्धनका प्रमुख पदका उम्मेदवार कमजोर देखिएका छन् ।
गठबन्धनबाट मेयरमा उमेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का लालकिशोर साहले तीनहजार ३०१ मत मात्र पाएका छन् । गठबन्धनका लालकिशोर मनोजभन्दा पाँच हजार ८९३ मतले पछाडि छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मनोज चौधरीले तीनहजार ५९५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले तीन हजार २२ मत ल्याएका छन् ।
तर, उपमेयरमा भने गठबन्धनको तर्फबाट उम्मेदवार कांग्रेसका किशोरी साहले अग्रता कायमै राखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।