देवताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी

बाराको देवताल गाउँपालिकामा जनता समाजवादी पार्टी विजयी भएको छ । सो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा जसपा विजयी भएको हो । 

अध्यक्षमा ३५ वर्षीय उदयप्रसाद यादव विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार चन्दनकुमार सिंहभन्दा उदयले ६०१ मत बढी पाएका छन् । सिंह निवर्तमान गाउँपालिका अध्यक्ष पनि हुन् ।

उदय चार हजार १७६ मत पाएर निर्वाचित भएका छन् भने चन्दनले तीन हजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा जसपाकै सीतापती देवी यादव ४२०५ मत ल्याएर विजयी भएकी छन् । निकतम प्रतिस्पर्धी लोसपाको रामपति देवीले ३०७६ मत पाएकी छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २१:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया