मतगणना नसकिँदै अस्ट्रेलियाका प्रधानमन्त्रीले हार स्वीकारे

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरूमा जनाइएको छ ।  

 ‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु ।  मैले उहाँलाई चुनावी जितको लागि बधाइ दिएको छु’, मोरिसनले भने ।

‘अस्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’,  मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौँ ।’

गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ ।   





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ६:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया