सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।
पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाको आकाश लिम्बूले ३ हजार ९ सय ८ मत पाए ।
उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् ।
चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।