सुनसरीको बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका रमेश कार्की विजयी
फरकधार / ८ जेठ, २०७९

सुनसरीको बराहक्षेत्र नगरपालिको प्रमुखमा नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् । उनी १९ हजार २९३ मतका साथ विजयी भए । कार्कीका निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।



उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ७:२:१३,   अन्तिम अपडेट : जेठ ८, २०७९ आइतबार ७:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया