बाराको महागढीमाई नगरपालिका मेयर/उपमेयरमा कांग्रेसका यादव र कानु विजयी

बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । महागढीमाईको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा कांग्रेसकै उम्मेदवार तारादेवी कानु निर्वाचित भएका हुन् । 

मेयरमा विजयी भएका यादवले ८ हजार ६ सय ७० ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुप्रसाद यादवले ७ हजार ३ सय ७६ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित कांग्रेसकी उम्मेदवार तारादेवी कानुले ७ हजार ९ सय ९७ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पुष्पाञ्जली देवीले ७ हजार १० मत प्राप्त गरिन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ७:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया