काठमाडौं महानगर : बालनेको मत ३९ हजार नाघ्यो, सिं‌ह-स्थापितको मतान्तर ५०१
फरकधार / ८ जेठ, २०७९

काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३९ हजार मत कटाएका छन् । १ लाख ९ हजार ५३७ मत गन्दा उनले ३९ हजार ६ मत प्राप्त गरेका हुन् ।



बालेनले अहिलेसम्म ३६ प्रतिशत मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत ल्याएकी छन् ।

उनी र बालेनबीचको मतान्तर १६ हजार ९३४ रहेको छ । 



त्यस्तै, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन् । उनी सिंहभन्दा ५०१ मतले पछाडि छन् । 



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १०:३४:३४,   अन्तिम अपडेट : जेठ ८, २०७९ आइतबार १०:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया