धरानमा स्वतन्त्र उम्मेदवार हर्क राईको अग्रता कायमै, अब साढे ४ हजार मत गणना हुन बाँकी

सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार ५८ हजार २७७ मत गणना हुँदा उनले १९ हजार १५५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत प्राप्त गरेका छन् । ​धरानमा अब ४ हजार ६२१ मत गणना हुन बाँकी छ । यसपालि धरान उपमहानगरमा ६२ हजार ८९८ मत खसेको थियो ।  

उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा १८ हजार ८६४ मतसहित अग्र स्थानमा छन् । नेकपा एमालेका पदमप्रसाद लिम्बूले १६ हजार ५८१ मत पाएका छन् ।  
 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १०:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया