बालेनले कटाए ४० हजार मत, अब ८७ हजार मत गणना हुन बाँकी

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । १ लाख १२ हजार १२७ मतगणना हुँदा उनले ४० हजार ३ मत प्राप्त गरेका छन् ।  

बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार २५४ मतले पछाडि छिन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित २२ हजार ९५ मत पाएका छन् । उनी सिर्जनाभन्दा ६५४ मतले पछाडि छन् । अब ८७ हजार मत गणना गर्न बाँकी छ ।  





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १२:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया