भंगहा नगरपालिकाको मेयरमा लोसपाका साह २६३ मतान्तरले विजयी
फरकधार / ८ जेठ, २०७९

महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 



आज सम्पन्न मत परिणामअनुसार भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह ५ हजार ६१७ मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत ल्याए ।

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले ५ हजार ७७५ मत ल्याएर विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १२:५७:०,   अन्तिम अपडेट : जेठ ८, २०७९ आइतबार १२:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया