काठमाडौं महानगर : बालेनको अग्रता कायमै, सिर्जना र केशवको मतान्तर बढ्यो
फरकधार / ८ जेठ, २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । मतगणनाको पछिल्लो मत परिणामअनुसार बालेन शाहको अग्रता कायमै छ । 



उनको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहसँग १७ र नेकपा एमालेका केशव स्थापितसँग १८ हजारको मतान्तर रहेको छ ।

उनले अहिलेसम्म ४० हजार ४२७ मतसहित उनले आफ्नो फराकिलो अग्रतालाई कायमै राख्दा सिंहले २३ हजार ५४८ मत पाएकी छन् । त्यस्तै, स्थापित २२ हजार ६९६ मतसहित तेस्रो स्थानमा छन् । 



शाहको सिंहसँग १७ हजार ३७१ र स्थापितसँग १८ हजार २३१ मतान्तर रहेको छ । त्यस्तै, स्थापितभन्दा सिर्जना ८५२ मतले अगाडि छन् ।



यहाँ अहिलेसम्म १ लाख १५ हजार ६५१ मत गणना भएको छ भने अझै ७५ हजार ५३५ मत गन्न बाँकी छ ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १६:२:१,   अन्तिम अपडेट : जेठ ८, २०७९ आइतबार १६:५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया