कम्युनिस्टको 'गढ' धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित निश्चित

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित निश्चित भएको छ ।

कम्युनिस्टको गढ मानिँदै आएको धरानमा उनी सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित हुने छन् । 

पूरै मत गणना गरिसक्नु अगावै साम्पाङको जित सुनिश्चित भएको हो । निर्वाचन आयोगबाट लौरो चुनावचिह्न लिएर चुनावी मैदानमा होमिएका स्वतन्त्र उम्मेदवार साम्पाङ ३ हजार २८५ मत गन्न बाँकी रहँदै विजयी हुने सुनिश्चित भएको हो।

उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा ४ हजार २८१ मतले अग्रता लिइसकेकाले उनको जित निश्चित भएको हो । 

अब गणना हुन बाँकी सबै मत अरुलाई गए पनि साम्पाङकै विजयी निश्चित बनेको छ ।

हालसम्म धरानमा ५९ हजार ६१३ मतगणना भइसकेको छ । जसमध्ये साम्पाङले १९ हजार ५९७ मत पाएका छन् ।



उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका १५ हजार ३१६ मत प्राप्त गर्दा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ३४८ मत ल्याएकी छिन् । 

धरानका २० वडामध्ये १९ वडाको गणना भइसकेको छ भने अहिले १७ नम्बर वडाको गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको 



त्यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघाले १९ हजार २८३ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धा एमालेका पदम इस्बो लिम्बूले १६९१६ मत पाएका छन् । बेघा र लिम्बूको मतान्तर २३६७ छ । ३० वैशाखमा सम्पन्न निर्वाचनमा धरानमा ६२ हजार ८९८ मत खसेको थियो ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १६:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया