नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू साहित्य सिर्जनामा अब्बल रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले ‘नेपालीको जातै कवि’ भएको पनि टिप्पणी गरे ।
‘मेरो विश्वास के छ भने नेपालीहरू जातैले कवि जात हुन्, हरेक नेपालीको अन्त्यमा कवि लेखिदिए पनि हुन्छ । किनभने यो आजको कुरा होइन । उहिले लिपि पैदा हुनुभन्दा अगाडि पनि गाउँथे । लिपि पैदा हुनु अगाडि पनि काव्य रचना गर्थे । काव्यको रचना, छन्दको रचना, तालको आविस्कार यो भूमिमा भएको थियो भन्दा खुसी लाग्छ,’ ओलीले भने ।
साथै, उनले नेपालमा जत्तिकै दोहोरी खेल्न संसारमा कसैले नसक्ने पनि बताए । ‘नेपालमा जस्तो दोहोरी खेल्न संसारमा कसैले सक्छ? रचना गर्दै भन्दै यस्तो भन्छ नि फेरि भन्ने मात्र होइन नि खुत्रुक्कै हुने गरी भन्छ, कसरी भन्छ त्यो? त्यो काव्यात्मकता कसरी आउँछ? त्यो लयात्मकता कसरी आउँछ? कहिलेकाहीँ त नबुझिएर एकछिनपछि हाँसो उठ्छ । त्यसको मर्मको गहिराइमा गइसकेकेपछि नि गाउँदै जाँदा भन्दै जाँदा कति मर्मको कुरो फुत्त निकालिएको हुन्छ,’ स्थानीय निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले भने, ‘कति महान कवित्व त्यहाँ प्रकट भएको हुन्छ, विम्बको, अलङ्कारको, दृष्टान्तको, उदाहरणको अनुपम दृष्टान्तहरू त्यहाँ प्रकट गरिएका छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।