सहिद स्मारक ‘ए’ डिभिजन लिग
एपिएफसँग हार्याे संकटा

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपविजेता बनेको संकटा क्लब सशस्त्र प्रहरी बल (एपिएफ) सँग पराजित भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको आफ्नो लिग चरणको अन्तिम खेलमा उपविजेता संकटा क्बल विभागीय टोली एपिएफसँग २–१ गोल अन्तरले पराजित भएको हो । 

एपिएफको जितमा युवराज खड्का र राजन गुरुङले १–१ गोल गरे । खेलको २३औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए । ७१औँ मिनेटमा राजनले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे ।

यता, पराजित संकटाका लागि लक्ष्मण रुचालले खेलको दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल फर्काए । उपविजेता बनेको संकटाले लिगको १३ खेलबाट २८ अंक जोडेको छ । जितसँगै एपिएफ २३ अंकसाथ पाँचौ स्थानमा रह्यो ।





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १९:०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया