कोहलपुर नगरपालिकामा कांग्रेसका पूर्ण आचार्य विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् । 

उपप्रमुखमा पनि कांग्रेसकै संगीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नौ हजार ७२५ मत प्राप्त गरे ।

१५ वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं.३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १८:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया