भ्यूटावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गरिरहेका छन् : केपी ओली
फाइल तस्वीर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली कांग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यूटावर बनाउदैनौँ भनेर उल्लेख गरेको जिकिरसमेत गरे ।

आइतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली कांग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराए । 

ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अर्बौं आम्दानी दिने गरेको बताए । उनले त्यस्ता टावर हरेक देशको उचाइ भएको र गर्वको विषय रहेको तर्कसमेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण काम सम्झेर अघि बढन पनि सबैलाई आह्वान गरे । 

‘भ्यूटावरभन्दा केही होइन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा । इफेल टावर, वासिंटन टावर र अन्तका टावरहरु, इतिहास, ऐतिहासिक धरोहर, हाम्रो उचाइ, थुप्रै कुराहरू यसभित्र हुने गर्दछ’ उनले भने ।

ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अव इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताए ।
 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १९:३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया