आयल निगमले एलपी ग्यासमा २०० र पेट्रोलियम पदार्थमा १० रुपैयाँ बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । त्यसैगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । 

यससँगै अब काठमाडौं उपत्यकामा ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ। पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २१:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया