भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् 
। 

पछिल्लो परिणामअनुसार उनी एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ७ सय १४ मतले अगाडि छिन् । १ लाख ६ हजार ७३९मत गणना हुँदा रेनुले ४२ हजार ९ सय २८ मत प्राप्त गरेकी छन् ।  

सुवेदीले ३३ हजार २ सय १४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २ सय ७१ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४४ हजार ४३९ मतका साथ अग्रस्थानमा छन् ।

राप्रपाकी हिमला गुरुङले २६ हजार ३ सय ४ मत पाएकी छन् ।  
 
 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ७:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया