जजिराको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग ठोकियो

जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिएर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । ‘पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन् । तर, रनवेमा देखिनुपर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै इन्जिनमा त गएन भनेर जहाज यहि होल्ड भएको छ ।’

एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ८:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया