बर्नेली प्रिमियर लिगबाट रेलिगेसनमा

बर्नेली इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । गएराति आफ्नो अन्तिम खेलमा न्युकासल युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भएपछि बर्नेली रेलिगेसनमा परेको हो ।

बर्नेलीले प्रिमियर लिगमा बढुवा भएको ६ वर्षपछि च्याम्पियनसिपमा झरेको हो । न्युकासललाई जित दिलाउन दुवै गोल कलुम विल्सनले गर्दा बर्नलीका म्याक्स्वेल कर्नेटले एक गोल फर्काए । 

बर्नेली यो सिजन घटुवा हुने तेस्रो तथा अन्तिम टोली हो । यसअघि नर्विच सिटी र वाट्फोर्ड रेलिगेसनमा परेका थिए । हारसँगै बर्नेली ३८ खेलमा ३५ अंक जोडेर १८ औं स्थानमा रहँदा जित हात पारेको न्युकासल ४९ अंकका साथ ११ औं स्थानमा रह्यो । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ९:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया