सर्लाहीको पहिलो महिला मेयर बनिन् एमालेकी कटुवाल

सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवाल १२ हजार २ सय ७३ मतका साथ विजयी भइन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारसमेत रहेका निवर्तमान मेयर देवानन्द महतोले ५ हजार ६ सय ७ मत ल्याए । कटुवालको जितसँगै जिल्लामा पहिलोपटक महिला प्रमुख विजयी भएका हुन् ।  

त्यसैगरी, उपमेयरमा एमालेकै रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार १ सय १९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३ सय १४ मत मात्र ल्याइन् ।

योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले यसपालि एक स्थानमा खुम्चिएको हो ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १०:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया