अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता

अफगानिस्तानका तालिबानहरूले टेलिभिजनमा महिला समाचार प्रस्तोतालाई अनुहार ढाक्ने वस्त्र लगाउन निर्देशन दिएपछि त्यसको पालना हुन थालेको छ । तर आइतवार, तालिवानको दुर्गण तथा सद्गुण मन्त्रालयले उक्त आदेश लागू गर्न थालेपछि धेरैजसो महिला एंकरहरूले अनुहार छोप्न थालेका छन् । 

सूचना तथा संस्कृति मन्त्रालयले यसअघि नीतिलाई ‘अन्तिम र गैर वार्ता गर्न नसकिने’ घोषणा गरेको थियो । अफगानिस्तानको टोलोन्युजका टिभी एंकर सोनिया नियाजीले भनिन्, ‘हामीलाई मास्क लगाउन बाध्य पारिएको एउटा बाहिरी संस्कृति मात्रै हो र यसले हाम्रा कार्यक्रमहरू प्रस्तुत गर्दा समस्या सिर्जना गर्न सक्छ ।’ 

अल जजीराका अनुसार पहिलोपटक अनुहार ढाकेर कार्यक्रम प्रस्तुत गर्दा आफूलाई ‘राम्रो महसुस नभएको’ नियाजीले बताइन् । ‘यो आदेश सबै महिला प्रस्तुतकर्ताहरूको लागि अप्रत्याशित छ, किनभने इस्लामले हामीलाई हाम्रो अनुहार छोप्न आदेश दिएको छैन’, नियाजीले भनिन्, ‘हरेक इस्लामिक विद्वान र राजनीतिक व्यक्तित्वले यस आदेशको विरोध गरेका छन् ।’ 

तालिबानले पनि महिला प्रस्तुतकर्ताहरूले मेडिकल मास्क लगाउन सक्ने जनाएको छ । जे भए पनि आफू अनुहार छोप्ने आदेशले फसेको नियाजी महसुस गर्छिन् । 
एक स्थानीय मिडिया अधिकारीले आफ्नो स्टेसनले गत साता तालिबानको आदेश प्राप्त गरेको पुष्टि गरे । तर, आइतवार यो छलफलको लागि नभएको बताएपछि यसलाई कार्यान्वयन गर्न बाध्य पारिएको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ११:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया