चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १० हजार मतको अग्रता बनाएकी हुन् ।
दाहालले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत प्राप्त गरेका छन् । रेनु विजयभन्दा १० हजार १२६ मतले अगाडि छिन् ।
रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् । उनी रेनुभन्दा ३० हजार ७९० मतले पछाडि छन् । त्यस्तै, विजय र जगन्नाथबीचको मतान्तर २० हजार ६६४ रहेको छ ।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ४५ हजार ४६८ मतको साथै अग्र स्थानमा कायमै छन् । उनलाई पछ्याइरहेकी राप्रपाकी उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत पाएकी छन् । अधिकारी गुरुङभन्दा १८ हजार ४२२ मतले अगाडि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।