कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् । ज्योतिष शास्त्रअनुसार पूजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन् ।
उनलाई मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जिल्ला अदालतको हलमा बिहान १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । यसअघि हमालले बिहानै धार्मिक स्थल बेहडाबाबामा समेत पूजा तथा दर्शन गरेका थिए ।
सपथलगत्तै उनले ११ बजेर १५ मिनेटमा धनगढी उपमहानगरपालिको कार्यकक्षमा पुगेर पदभार सम्हाले । स्वतन्त्रबाट चुनाव लडेका हमाल २६ हजार ८ सय ६५ मतका साथ मेयरमा विजयी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।