कांग्रेस नेता प्रदीप गिरी मुम्बईमा, क्यान्सरको उपचार हुँदै

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मुम्बईमा उपचार गराइरहेका छन् । यसअघि उनको घाँटीमा क्यान्सर देखिएपछि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनले किमो थेरापी गराएका थिए । 

किमो थेरापी सकिएपछि गिरी थप उपचारका लागि मुम्बई पुगेका हुन् ।

घाँटीमा समस्या आएपछि उनी भारतको नयाँ दिल्ली उपचारका लागि गएका थिए । उपचारको क्रममा उनको घाँटीमा क्यान्सर भएको खुलेको थियो । त्यसपछि उनी गुरगाउँमा रहेर उपचार गरेका थिए ।

‘किमो थेरापीपछि उहाँ निकै ठिक हुनु भएको छ तर अहिले पनि उपचारको क्रममा नै हुनुहुन्छ,’ उनीनिकट एक कांग्रेस नेताले फरकधारलाई भने, ‘उहाँ अहिले बोल्न सक्नुहुन्छ तर मुखबाट खानु भएको छैन । चिकित्सकको रेखदेखमा नै उहाँले उपचार गराइरहनु भएको छ ।’ उनलाई पूर्णरुपमा ठिक हुन कति लाग्ला भन्ने कुनै अनुमान गर्न नसकिने ती नेताले बताए ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १३:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया