सुन्दरी प्रतियोगिता तथा कन्सल्टेन्सी सन्चालक मनोज पाण्डेले आठ वर्षअघि आफूमाथि बारम्बार बलात्कार गरेको आरोप लगाएकी युवती अदालतमा पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा उनी पुगेकी हुन् ।
उनले काठमाडौं जिल्ला अदालतमा बयान दिएकी छिन् ।
मानव बेचविखब मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् ।
पाण्डेलाई यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।
सामाजिक सन्जालमा भिडियो सार्वजनिक गर्दै ती युवतीले आफूमाथि पाण्डेले बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।