८ वर्षअघि बलात्कार घटनाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सन्चालक तथा सुन्दरी प्रतियोगिताका आयोजक मनोज पाण्डेविरुद्ध अर्की एक किशोरीले पनि जाहेरी दिएकी छिन् ।
आफूमाथि पनि पाण्डेले बारम्बार यौन शोषण गरेको आरोप लगाउँदै ती किशोरी प्रहरीकहाँ सोमबार दिउँसो उजुरी लिएर गएकी हुन् । उनले आफ्नो पहिचान खुलाएकी छैनन् ।
उनले आफू अहिले पनि नाबालिग रहेको दाबी गरेको प्रहरी स्रोतले फरकधारलाई जानकारी दिएको छ ।
यसअघि ८ वर्षअघि आफूमाथि पाण्डेले यौन शोषण गरेको भन्दै एक युवतीले उनीविरुद्ध सामाजिक सन्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् । यही भिडियोको आधारमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।