पेट पाल्न चिया बेच्थे फुटबलर पेले

एजेन्सी- पेलेलाई विश्वका महान् फुटबलर मानिन्छ । आखिर के कुराले उनलाई महान् बनाए त ? विश्वमा सायदै यस्तो कुनै खेलप्रेमी होला जसले ब्राजिलका महान् फुटबलर पेलेलाई नचिनोस्, नजानोस् । तीनपटक फिफा विश्वकप च्याम्पियन बनेका पेलेले बाल्यकालमा आफ्नो खर्च जुटाउनका लागि चिया पसलमा काम गर्नुपरेको थियो । ७७ बर्षीय पेले आफ्नो मेहनत लगनशीलता र खेलकै कारण विश्वका महान् फुटबलरमध्ये गनिए ।

फुटबलका लागि पैसा थिएन

सन् १९४० मा ब्राजिलको मिनास ग्रासिया शहरमा उनको जन्म भएको थियो । उनी गरिब परिवारका एक सदस्य थिए । कतिसम्म गरिब थिए भने, उनीसँग फुटबल किन्नलाई पनि पैसा थिएन । उनी पत्रिका मोडेर मोजामा घुसार्थे र त्यसैको फुटबल बनाएर खेल्थे । यहीँबाट उनको फुटबल यात्रा सुरु भएको हो ।

पकेट खर्च र पेट पाल्नका लागि चिया बेचे

गरिबीसँग जुधिरहेका पेलेले आफ्नो स्कुले दिनमा पकेट खर्चका लागि एक चिया पसलमा काम गर्न थाले । दोकानमा काम गरेपछि उनी आफ्नो ध्यान पढाइमा लगाउँथे । यती हुँदाहुँदै पनि उनले फुटबल खेल्न भने छोडेनन् । गल्लीमा साथीभाइसँग फुटबल खेल्दै जाँदा उनको प्रतिभा पनि निखारिँदै गयो ।

पेलेको वास्तविक नाम



धेरै कमलाई थाहा होला कि, पेलेको खास नाम एडिसन हो । पेलेका पिता अमेरिकी महान् वैज्ञानिक थोमस एडिसनलाई मन पराउँथे । यसैकारण उनको नाम पनि एडिसन नै राखिदिए । कागजातमा पेलेको पूरा नाम एडिसन अराटेन्स डो नासिमेण्टो छ । पेले नाम पनि गल्तीका कारण रहेको हो । स्कुले दिनमा उनी स्थानीय खेलाडी बिलेसँग प्रभावित थिए । तब साथीहरुले पनि उनलाई बिले भनेर बोलाउन सुरु गरे । तर, बिले शब्दको सही उच्चारण हुन नसकेर साथीहरुले पेले भन्न थाले ।

तीन पटक वर्ल्ड च्याम्पियन बन्ने रेकर्ड



पेले मात्रै विश्वका यस्ता खेलाडी हुन्, जसको नाममा तीन पटक वल्र्ड कप जितेको रेकर्ड छ । उनले यो उपलब्धि सन् १९५८, १९६२ र १९७० मा हासिल गरेका थिए । पेलेले पहिलो अन्तर्राष्ट्रिय खेल ७ जुलाई १९५७ मा अर्जेण्टिनाविरुद्ध खेलेका थिए । तर, त्यतिबेला ब्राजिल १–२ ले हार्यो । यस्तै १९९९ मा पेले शताब्दीकै सर्वश्रेष्ठ खेलाडी बने ।

ब्युरो क्लबबाट करियन सुरु

सन् १९५३ मा पेलेले ब्युरो क्लबबाट आफ्नो करियरको सुरुवात गरेका हुन् । तीन वर्षपछि उनी ब्राजिलको सबैभन्दा ठूलो क्लब सातोंससँग जोडिए । त्यतिबेला उनको उमेर १८ थियो । करियरको अन्तिम चरणमा उनले तीन वर्षका लागि न्युयोर्क कस्मोस क्लबका लागि खेले ।

पेलेसँग जोडिएका नम्बर गेम

२ वर्ल्ड कप जित्ने विश्वका पहिलो फुटबलर १६ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय गोल । ६१९ गोल सर्वाधिक सातोंस क्लबका लागि गरेको रेकर्ड । ७७ गोल सर्वाधिक ब्राजिलका लागि गरेको रेकर्ड ।

  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार २३:३४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया