नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएको छ । आज दिउँसो कांग्रेसले पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले यसलाई सन्तोषजनक रुपमा लिनु पर्ने बताएका हुन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार कांग्रेसले ७ सय ५३ मध्ये ३२० पालिकामा प्रमुख जितेको छ । त्यस्तै, २ सय ९३ पालिकाको उपप्रमुख पनि कांग्रेसले जितेको छ ।
‘समग्रमा निर्वाचन परिणाम सन्तोषजनक रुपमा लिएका छौँ,’ डा. महतले भनेका छन्, ‘पार्टीमा अन्तर्घात नभएको भए ४ सय नजिक जित पुर्याउने सक्ने अवस्थामा हामी थियौँ ।’
उनले देशका नगरपालिकामा झन्डै ५० प्रतिशतमा कांग्रेसले जित निकालेको पनि बताएका छन् ।
उनले गठबन्धनका कारण सत्तारुढ दलहरुलाई पनि सफलता मिलेको बताएका छन् ।
स्थानीय निर्वाचनको परिणामअनुसार आगामि निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्थामा पुगेको र लक्ष्य रहेको पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।