पदभार ग्रहणमा मेयर लामाको निर्णय: नि:शुल्क स्वास्थ्य बीमा, खानेपानी देखि विद्युतसम्म

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा, उपमेयर राजेश बानियाँसँगै वडा अध्यक्ष, सदस्यहरुले सोमबार पदभार ग्रहण गरेका छन् ।

सोमबार बिहान मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेपछि पदभार ग्रहण गरिएको हो ।

सोमबार पदभार ग्रहणपछि मेयर मीना कुमारी लामाले अति विपन्न १ हजार ५ सय ४१ घर परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने, मासिक १५ हजार लिटर पानी, २५ युनिट विजुली निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरु सार्ने निर्णय पनि गरिएको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १६:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया