गठबन्धन प्रदेश र संघीय संसद्को निर्वाचनसम्म जान्छ : कांग्रेस वरिष्ठ नेता पौडेल
फरकधार / ९ जेठ, २०७९

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनले प्रदेश र संघीय संसद्को निर्वाचनसम्मै निरन्तरता पाउने बताएका छन् । 



संविधान र मुलुक बचाएर समृद्ध नेपाल बनाउन गठबन्धन आवश्यक भएको भन्दै उनले गठबन्धलाई दुई तहकै निर्वाचनसम्मै लगिने बताए । 

तनहुँको व्यास नगरपालिको विजय र्यालीपछि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले राजनीति र अहिलेको व्यवस्थालाई स्थायित्व दिएर मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन गठबन्धन अनिवार्य रहेको तर्क गरे ।  



सोही अवसरमा उनले व्याससहित तनहुँवासीलाई धन्यवाद ज्ञापन पनि गरे । 



‘व्यास नगरवासी र तनहुँवासीले मुलुक बचाउने, संविधान बचाउने र नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने अभियानमा कांग्रेसलाई जिताएर सहयोग गर्नुभएको छ । म आभार व्यक्त गर्दै धन्यवाद ज्ञपान गर्न चाहन्छु’, पौडेलले भने । 

उनले विकास र समृद्धिलाई अगाडि बढाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने आफ्नो अभियानमा व्यास नगरवासी र तनहुँवासीले होस्टेमा हैंसे थपिदिएको पनि बताए । 

  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १७:१२:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया