कांग्रेसबाट १२ हजार ४६८ जनप्रतिनिधि निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् । 

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् । 

पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । 

वैशाख ३० गते भएको निर्वाचनमा हालसम्म देशमा कूल ३४ हजार २६९ जना जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । अब ९५२ जनप्रतिनिधि विजयी भएको घोषणा हुन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १७:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया