स्थानीय तहमा एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी

निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका ११ हजार ५९७ जना उम्मेदवार विजयी भएको जनाएको छ । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनीहरु प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा निर्वाचित भएका हुन् । 

आयोगले वैशाख ३० गते एकैदिन देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कूल ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

उम्मेदवारी दिनेमध्ये हालसम्म ३४ हजार २६९ जना निर्वाचित भइसकेका छन् । आयोगका अनुसार अब ९५२ जना उम्मेदवार विजयी भएको घोषणा गर्न बाँकी रहेको छ । 

एमालेको तर्फबाट उम्मेदवारी दिनेमध्ये प्रमुखमा ७६, अध्यक्षमा १२३, उपप्रमुखमा १०१, उपाध्यक्षमा १२५, वडा अध्यक्षमा २०८४, महिला सदस्यमा २ हजार २८४, दलित महिला सदस्यमा २ हजार २३२ र सदस्यमा ४ हजार ५७२ जना विजयी बनेका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १७:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया