कैलालीको धनगढी उपमहानगरपालिकाको नवनिर्वाचित मेयर गोपाल हमालले पदभारग्रहण गरेकै दिन सरसफाइकर्मीलाई सम्मान गरेका छन् । काममा प्रोत्साहन गर्नका लागि मेयर हमालले नगरमा सरसफाइका क्षेत्रमा कार्यरत सरसफाइकर्मी र नगर प्रहरीलाई सोमबार सम्मान गरेका हुन् ।
खादा ओढाएर मेयर हमालले उनीहरुलाई सम्मान गरेका थिए । उनले नगर सरसफाइ गर्नका लागि छलफल समेत गरेका छन् । सोमबार मात्र पद तथा गोपनीयताको शपथ र पदभारग्रहण गरेका हमाल धनगढीको मेयरमा स्वतन्त्र निर्वाचित भएका हुन् । स्वतन्त्रबाट ‘आँप’ चुनाव चिह्नबाट उठेका हमालले २६ हजार ८ सय ६५ मत ल्याएर मेयरमा विजयी भएका थिए ।
यसअघि पदभारग्रहणमा हमालले धनगढीको पञ्चवर्षीय आवधिक योजना निर्माणसम्बन्धी प्रस्ताव सदर गरेका थिए । पदभार ग्रहणपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै मेयर हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताए ।
उक्त योजनाअनुसार नै विकास निर्माणका काम गर्ने हमालको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।